एजेन्सी । जसरी विश्व समुदाय डिजिटलाइज्ड हुँदै गयो त्यति नै बढि आफूलाई असुरक्षित पनि मान्न थालेको छ । आजभोलि स्मार्टफोन प्रयोग नगर्ने मानिस सायद पाउन मुस्किल छ । साथै यसको बेफाइदाको शिकार हुने पनि त्यत्तिकै छन् ।
अन्य देशमा जस्तै नेपालमा पनि पार्न फिल्म हेर्नेको संख्या कम छैन । धेरै जसो मानिसहरु इन्टरनेटबाट पोर्न फिल्म हेर्ने गर्दछन् । कम्प्यूटर वा ल्यापटप भन्दा पनि मानिसहरु यस्ता फिल्म हेर्नको लागि आफ्नो स्मार्टफोन प्रयोग गर्ने गर्दछन् ।
भ्यालु एडेड सर्भिसेस
यो सर्भिस पोर्न मुक्त हुन्छ तर यो तपाईलाई भारी पर्न सक्छ । चर्चित पोर्न साइट अवैध तरिकाले यो सर्भिसले पैसा कमाउने सोचमा रहेको हुन्छ ।
अनावश्यक पैसा काट्ने
भारतको एक पत्रिका नवभारत टाइम्सको अनुसार पोर्न वेबसाइट खोल्दा भ्यालु एडेड सर्भिसेस आफैँ खुल्छ वा एक्टिभेट भइदिन्छ । यसमा राशिफल, ड्रिमगर्ल प्याक जस्ता सब्सक्रिप्सन हुन्छन् । जसले दिनमा एक देखि छ रुपैयाँसम्म काट्ने गर्दछ ।
पोर्न टिकर
पोर्न टिकर एन्ड्रोइड स्मार्टफोन को सबैभन्दा पूरानो समस्या हो । बास्तबमा यो चर्चित एप्सको नक्कली वर्जन हो । मानिसलाई देख्दा यो असली जस्तो लागेपनि यो नक्कली एप्स हो । तर यो पोर्न खोलेपछि चर्चित खेलहरुपनि हाउनलोड हुन्छ र सँगै भाइरस पनि डाउनलोड हुन्छ ।
सुरक्षामा हुनसक्छ खतरा
जुन मोबाइलमा आफ्नो महत्वपूर्ण जीमेल आइडी लगइन गरेको हुन्छ यदि उक्त मोबाइलमा पोर्न देख्नुहुन्छ भने तपाईको मोबाइमा सुरक्षाको खतरा बढि हुने गर्छ । उक्त फोनको सेक्युरिटी साइबर क्रिमिनलको हातमा जान सक्छ ।
फाेन ह्याक गर्न सक्छ
पोर्न साइटमा यस्तो भाइरस हुने गर्छ जो तपाईको डिभाइसलाई लक गर्न सक्छ । र फोन अनलक गर्नको लागि तपाईसँग पैसा माग्ने गर्छ । यदि एकपटक तपाईको त्यो जालमा पर्नुभयो भने नराम्ररी बर्बाद हुनुहुनेछ ।