समाचार

मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस्

अष्ट्रेलियामा भाइको मृत्युपछि दाइले भनेः मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस् अष्ट्रेलिया । शोकमा डुबेको निश्चल घिमिरेको परिवारले अष्ट्रेलियामा रहेका समुदायलाई आफ्नो भाइको नाममा सहयोगका लागि पैसा नउठाउन आग्रह गरेका छन् । शुक्रबार राति एडेलऐड वेस्ट बीच बोट र्याममा २२ वर्षिय निश्चल घिमिरेको शव फेला परेको थियो । उनको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर विस्तृतमा पढ्नुहाेस्…

समाचार

जडिबुटीबाट हतियारसहित तीन जना पक्राउ

काठमाडौँको जडिबुटीबाट पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगर ३२ जडिबुटीस्थिति गणेशमाया श्रेष्ठ घरमा लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेको हो। प्रभागकी प्रमुख एलिजा गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई चाइनिज पेस्तोल र एक राउन्ड गोली र खुकुरीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ्ग गल्छी घर विस्तृतमा पढ्नुहाेस्…

समाचार

फोहोर उठाउन विहानै टाेलटाेलमा पुग्छन् वडा अध्यक्ष

पाँचथर । फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ। त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको छ। विस्तृतमा पढ्नुहाेस्…

समाचार

मिस स्टेट विजयी बस्नेतलाई उपसभामुख द्वारा सम्मान

विराटनगर। एक नम्बर प्रदेशको राजधानी विराटनगरमा मिस प्रदेश 2018 विजयी रमिला बस्नेतलाई सम्मान गरिएको छ । प्रदेश नम्बर एकको माननीय सांसद तथा उपसभामुख सरस्वती पाेख्रेलले मिस स्टेट तथा अन्तर्राष्ट्रिय खेलाडी बस्नेतलाई सम्मानित गरिएको हो । सगरमाथा पार्टीप्यालेशमा प्रथम रास्ट्रिय बेटी सम्मेलन आन्तरगत महिला अंकित स्तम्भ निर्माण) गर्न प्रदेश न. १ स्तरीय छलफल तथा अन्तर संवाद विस्तृतमा पढ्नुहाेस्…

समाचार

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

सुर्खेत । दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी विस्तृतमा पढ्नुहाेस्…

समाचार

१८ वर्षीया किशोरीलाई बाेक्सीकाे अाराेपमा आमा र सानिमा मिलेर तातो पन्यूँले डामे

काठमाडौं । ‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’ आजको अन्नपूर्ण पोष्ट  दैनिकमा खबर छ – यो विस्तृतमा पढ्नुहाेस्…

समाचार

विप्लवले अग्निपीडितलाई राहत उपलब्ध गराउन आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कालिकोटमा भएको आगलागी प्रति दुख प्रकट गरेका छन् । सोमबार कालीकोटको पातलागाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर पूर्ण रूपले ध्वस्त भएका थिए । आगलागीमा परि सातजना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित हुन बाध्य भएको घटनाप्रति बिप्लवले दुःख व्यक्त गरेका छन् । विप्लवले मङ्गलबार एक प्रेसविज्ञप्ति जारि गरी विस्तृतमा पढ्नुहाेस्…

समाचार

बाढीबाट विस्थापितलाई न्यानो कपडा

माेरङ पुस ९। पुर्वी माेरङकाे रतुवामाई नगरपालिका वडा नम्बर तिनका अशक्त लाई लत्ताकपडा वितरण गरिएको छ। गत असार मा अाएकाे भिषण वर्षाले २१ घर बगरमा परिणत भएको थियोे । साे स्थानमा अहिले पनि स्थानीय विस्थापित पालमा बस्न बाध्य भएका छन् । उनीहरूलाई विश्व उल्टो माेटरसाईकल यात्री तथा संचारकर्मी चित्रकुमार कार्की र इन्जिनियर चुडामणि कार्कीले स्थानीयलाई विस्तृतमा पढ्नुहाेस्…

समाचार

उदयपुरमा आगलागी, तीन करोडको क्षति

उदयपुर । कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्याङ्करमा आगलागी हुँदा तीन करोड मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक एक ट्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ । आगलागी भएपछि प्रहरी विस्तृतमा पढ्नुहाेस्…

समाचार

नेपालको जग्गा भारतीय कब्जामा

टीकापुर – कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।