खेलकुद

लिसंखुपाखरमा फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकामा सिन्धुपाल्चोक भरिकै ठुलो खेलकुद प्रतियोगीता हुने भएको छ ।

संयुक्त ठुलोपाखर क्लबको आयोजनामा ‘दोश्रो लिसंखुपाखर कप फुटबल प्रतियोगिता–२०७५’ माघ ११ गतेदेखी हुने भएको हो ।

शनिबार राजधानीको धुम्बाराही स्थित स्मार्ट क्याफेमा आयोजक टिमले पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएका हुन् ।

प्रतियोगिताबाट प्रथम, द्धितीय हुनेलाई हुने टिमलाई क्रमस नगद दुई लाख बाईस हजार दुई सय बाईस र एक लाख एघार हजार एक सय एघार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने बताईएको छ ।

प्रतियोगितामा लिसंखुपाखर गाउँपालिकाको प्रमुख प्रायोजन, यमाहको सह–प्रायोजन रहेको छ ।

नकआउट चरणमा गरिने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *