जीवनशैली

दाँतमा किरा लाग्यो ? यसरी गरौँ घरेलु उपचार

दाँत तीन तहले बनेको हुन्छ। पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं। दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं। इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ। र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ। यो तहमा रक्तसञ्चार भइरहेको हुन्छ र यो सबैभन्दा कमजोर हुन्छ। हाम्रो मुखभित्र हुने सात सयदेखि नौ सय प्रकारका ब्याक्टेरिया हुन्छन्। त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस’।

हामीले खाएका पदार्थहरू जब दाँत र गिजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ। स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ। सो एसिडले ‘इनामेल’ खिइन थाल्छ। खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ। एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भागहरू फोड्न गाह्रो हुँदैन। इनामेल फोडेसँगै ब्याक्टेरियाले भित्र थप खोल्दै जान्छ । जब दाँतमा खोल्सिँदै जान्छ, खानेकुरा त्यहीँ गएर अड्किन्छ र अड्किएपछि थप एसिड उत्पादन हुन थाल्छ । झन्-झन् दाँत खोक्रिँदै जान्छ।

गुलियोले मात्रै बिगार्ने होइन दाँत

विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ। गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने। तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो। तर, चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ। खानेकुरा दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने हो।

दाँत जोगाउन के गर्ने ?

बिहान-बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने। दाँत माझ्दा चपाउने भागमा पनि माझ्ने। बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने। त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र हुन्छ। कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइपको प्रयोग गरौं। बोतलबाट वा गिलासबाट खाँदा दाँतको इनामेल बिगार्छ, तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुखकुल्ला गर्ने। हल्का कालो वा पहेँलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने। सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ।

दाँतमा खिया किन लाग्छ, कसरी हटाउने ?

समग्र अनुहारको सौन्दर्यमा दाँतको उपस्थिती खास हुन्छ । सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत।’

हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ।

तर, त्यही दाँत खराब भइदियो भने ? खिया लाग्यो भने ?

खासगरी सूर्ति, गुट्खा सेवन गर्नेहरुको दाँतमा खिया लागेको देखिन्छ । दाँतलाई उचित हिसाबले सफा नगर्दा दाँतमा खिया लाग्छ । धुमपान, कैफिन, सुर्तीजन्य पदार्थले त दाँतलाई कुरुप नै बनाउँछ ।

खिया लागेको दाँतलाई कसरी चम्किलो बनाउने त ?

बेकिङ सोडा

बेकिङ सोडालाई फोहर हटाउने प्राकृतिक उपायका लिन सकिन्छ । एक चम्चा बेकिङ्ग सोडामा एक चिम्टी नुन मिसाउने र भिजेको ब्रसलाई उक्त मिश्रणमा डुवाएर अन्य बेला झै दाँतलाई राम्ररी माझ्नुपर्छ । यसले दाँतमा जमेको सबै फोहर केही समयमै सफा गर्छ ।

ग्लिसिरिन र एलोभेरा

दाँतको लागि ग्लिरिन तथा एलोभेराको मिश्रण पनि निकै उपयोगी मानिन्छ । ग्लिसिरिन तथा एलोभेरायुक्त प्राकृतिक मञ्जन तयार पार्नको लागि एक कप पानीमा आधा चम्चा बेकिङ्ग सोडा लिऊ । त्यसमा एक चम्चा एलोभराको जेलमा करिब चार चम्चा भेजिटेबल ग्लिसिन र एक चिया चम्चा कागतीको एसेन्सियल आयल मिलाउने । अब यो मिश्रणलाई मञ्जनको रुपमा दाँतमा प्रयोग गरौं र हेरौं क्षणभरमै दाँत सेतो तथा चम्किला त हुन्छ नै, आर्कषक पनि देखिन्छ ।

सुन्तलाको ब्रोका

जाडो मौसममा प्रायः सबैका घरमा सुन्तला पाइन्छ । प्रतयेक पल्ट सुन्तला खाएपछि त्यसको बोक्राले दाँतमा दल्ने । सुन्तलनाको बोक्रा दातमा दल्नाले दाँत सेतो हुनुका साथै दातमा परेको खिया आफै हटेर जान्छ । साथै यसले दाँतमा दाग लाग्न नदिनुका साथै किटाणुको संक्रमण हुन दिदैन र दाँत चम्किलो हँुदै जान्छ ।

तिल

एक मुठ्ठी तिलका दानालाई मज्जाले चपाउनाले दाँतमा लागेको खिया आफै हटेर जान्छ । साथै सुख्खा ब्रसको सहायताले दात सफा गर्नाले दाँतमा अड्केको दाना समेत बाहिर निस्कन्छ ।

भेनेगर

दाँतको लाथि भेनेगरको प्रयोग खासै मिठो मानिदैन । यद्यपी, दात सफा गर्नको लागि भेनेगरको प्रयोग विना कुनै समस्या दातलाई चम्किलो बनाउन शतप्रतिशत राम्रो मानिन्छ । दुई चियाचम्चा भेनेगरमा एक चियाचम्चा नुन र चार आउन्स पानीलाई मिसाएर त्यसको मिश्रण तयार पार्ने । अब यो मिश्रणलाई केही दिनको लागि दात सफा गर्नको लागि प्रयोग गर्ने । यसले दाँतमा लागेको दागका साथै दाँतको काई हटाउन मद्दत गर्छ ।

फलफुलको मास्क

दाँत सफा गर्नका लागि भिटामिन ‘सी’ युक्त फलफूलको मस्क उपयुक्त मानिन्छ । यसले दातलाई काई लाग्नबाट बचाउनुका साथै दाँतलाई सफा राख्न मद्दत गर्छ । यसको लागि टमाटर, स्ट्रबेरी तथा सुन्तलालाई पिनेर लेप बनाउने र दातको वरिपरि लगाएर करिब ५-६ मिनेट राख्ने । यसले दाँतमा किटाणुके संक्रमण हुन नदिनुका साथै सासलाई ताजा राख्न मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *