समाचार

मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस्

अष्ट्रेलियामा भाइको मृत्युपछि दाइले भनेः मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस्

अष्ट्रेलिया । शोकमा डुबेको निश्चल घिमिरेको परिवारले अष्ट्रेलियामा रहेका समुदायलाई आफ्नो भाइको नाममा सहयोगका लागि पैसा नउठाउन आग्रह गरेका छन् ।

शुक्रबार राति एडेलऐड वेस्ट बीच बोट र्याममा २२ वर्षिय निश्चल घिमिरेको शव फेला परेको थियो । उनको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । परिवार निकट सुजन अधिकारीले दिएको जानकारी अनुसार अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई निश्चलको परिवारले उनको नाममा पैसा संकलन नगर्न आग्रह गरेका हुन् ।
निश्चललाई सहयोग गर्न अष्ट्रेलियामा रहेका नेपाली समुदायले पैसा संकलन गर्न खोजेको खबर पाएपछि घिमिरे परिवारले यस्तो प्रतिक्रिया दिएको हो ।

घनश्याम घिमिरेको प्रतिक्रिया सरोजले सुनाउँदै भने,मेरो भाइको मृत्यु भइसकेको छ । त्यो उठाएको पैसाले मैले के गर्ने ? उसका लागि आवश्यक खर्च जुटाउन म सक्षम छु ।

उनी अष्ट्रेलिया आउने तयारीमा रहेको र आइतबारसम्म अष्ट्रेलिया पुग्ने बताइएको छ ।

अष्ट्रेलियामा विद्यार्थी भिषा गएका उनी होनहार विद्यार्थी रहेको सरोजले बताएका थिए । उनको शव उनी हराएको १७ घण्टापछि प्रहरीले फेला पारेको थियो ।

ग्लेनबीचबाट चार किलोमिटर पर उनको शव फेला पारेको प्रहरीले बताएको थियो ।

उनी हराएको १७ घण्टा पछि प्रहरीले उनको शव फेला पारेको थियो ।

२७ डिसेम्बरको ४ बजेतिर घिमिरेले एक १० वर्षिय अशक्त बालकलाई लिएर समुन्द्रतर्फ गएको बताइएको छ । तर, ती बालकलाई घरमा समयमा नफर्काए पछि उनीहरुको खोजी भएको थियो ।

अष्ट्रेलियामा बस्ने नेपालीहरु कोही दुखद घटनामा परेका छन् भने सहयोग जुटाउन तमतयार रहेका हुन्छन् । सन् २०१४ मा ब्रेन ह्यारेज भएका मिलन तामाङलाई ४० हजार डलर सहयोग जुटाउन नेपाली समुदाय सफल भएको थियो । सन् २०१४ मै रोयल मेलबर्न हस्पिटलमा उपचार गरिरहेकी एक नेपाली विद्यार्थीको लागि २ लाख डलर सहयोग जुटाउन समेत नेपाली समुदाय सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *