समाचार

उदयपुरमा आगलागी, तीन करोडको क्षति

उदयपुर । कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्याङ्करमा आगलागी हुँदा तीन करोड मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक एक ट्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ ।

आगलागी भएपछि प्रहरी र स्थानीयवासी सहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको थियाे ।

आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अनुसन्धान भइरहेकाे  इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *