जीवनशैली

मुटुबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक, एकदिनमा १ लाख पटक र एक वर्षमा ३६ लाख पटक धड्किन्छ ।

यसले हाम्रो शरिरमा रक्तसञ्चार गर्ने काम गर्छ । यसले यति दबाबमा रगत प्रवाह गर्छ कि यदी शरिर बाहिर रगत पम्प गर्न परेमा ३० मिटर उचाइसम्म रगत पम्प गर्न सक्छ ।

पुरुषको मुटुको तौल ३०० देखि ३५० ग्राम हुन्छ । तर, महिलाको भने २५० देखि ३०० ग्राम सम्म हुन्छ ।

आफ्नो पुरै जीवनकालमा हाम्रो मुटुले १.५ मिलियन व्यारेल रगत पम्प गर्छ जबकी १०० वटा स्विमिङ पुल भर्नका लागि पर्याप्त हुन्छ ।

हाम्रो मुटुले करिब ७५ ट्रिलियन कोशिकालाई रगत पुर्याउने काम गर्छ ।

यदी तपाईको मुटु शरिरबाहिर निकालियो र पर्याप्त अक्सिजन दिएमा शरिरबाहिर पनि धड्किने गर्छ ।

पुरै दिनमा हाम्रो मुटुले यतिधेरै उर्जा उत्पादन गर्छ कि जसले एउटा ट्रकलाई करिब ३२ किलोमिटर सम्म तान्न सकिन्छ ।

एउटा भर्खर जन्मेको बच्चामा एक कप बराबर रगत हुन्छ भने एउटा बयस्कमा ५ लिटर रगत हुन्छ ।

कोकिनको सेवनले मुटुमा ऐठन हुने गर्छ जसका कारण हर्ट अट्याक हुनेगर्छ ।

पुरुषको तुलनामा महिलाको मुटु अति छिटो धड्किने गर्छ ।

चकलेट खानाले हार्ट अट्याक एक तिहाइले घट्छ ।

अध्ययनका अनुसार हप्तामा तीनपटक सम्भोग गर्नाले मुटुको विरामी हुने सम्भावना आधी भएर जान्छ ।

यो बडा अचम्म लाग्न सक्छ तर ज्यादातर हर्टअट्याक सोमबार बिहान ८ देखि ९ बजेको समयमा हुनेगर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *