कुरा याैनकाे

आयो कण्डमको विकल्प : अब पुरुषका लागि पनि गर्भनिरोधक सुई, एकपटक लगाए

महिलाका लागि अस्थायी गर्भनिरोधका अनेक विधि छन् । सुर्इ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।

तर पुरुषका लागि भने अस्थायी गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै होपुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुर्इ जस्तै अस्थायी गर्भनिरोधक सुर्इको आविष्कार गरेका छन् ।

पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग सहवास गर्न सकिनेछ र त्यस्तो सुर्इ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुर्इको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएकोर त्यस्तो सुर्इ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् ।

खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरि मानिसका लागि गर्भनिरोधक सुर्इको रुपमासमेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।

वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसलजेल नाम दिएका छन् ।अब छिटै मानिसमा यसको परीक्षण शुरु गर्ने उनीहरुको भनार्इ छ ।-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *