राेचक

२५ बर्ष देखि पात खाएर जिन्दगी चलाउदै महमुद

पकिस्तानको पंजाबमा बस्ने एक ब्यक्ति अत्यन्त गरिबिका कारण पछिल्लो २५ बर्ष  रुुखका पातहरु खाएर जिवन गुजारिरहेका छन् । द न्युज इन्टरनेश्नल रिपोर्टका अनुसार महमुद बट्ट को आफन्त कोहि नभएको र खानाको लागि पैसा समेत नभएकाले बाँच्नका  लागि पातहरु खान सुरु गरेको हो ।

अचम्मको कुरा २५ बर्षसम्म पात खाँदा पनि कहिल्यै  बिरामि परिन , मेरो परिवार गरीब थियो,  मेरो लागि खाना जुटाउन धेरै गाह्राे थियो त्यसैले मैले सोचे  कि सडकमा भिख माग्नुभन्दा पात खाएर गुजारा चलाउछु, उनले भने। केहि वर्ष पछि काम पाएर आर्थिक स्थिति राम्रो भएतापनि यहि बानी बसिसक्यो बट्टले बताए ।

बट्टको छिमेकिले भने उनले हरेक दिन ६०० पाकिस्तानि रुपैयाँ कमाउछन् तर जता जाँदा पनि पातहरु देखे  भने आफ्नो गाडि बाटोमा रोकेर पातहरु खान थाल्छन्  । बट आफ्नो पातहरु खाने बानी भएतापनि कहिल्यै बिरामि नभएका कारण त्यस क्षेत्रमा लोकप्रिए  छन् । मोहम्मदले भने उसलाइ अहिले सम्म कुनै डक्टरका जानु परेको छैन् हामी पनि अचम्ममा छौ कि पातहरु खाएर पनि एक ब्याक्ति कसरि स्वस्थ रहन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *