समाचार

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अध्यक्षमा चौरसिया

लालगढ (धनुषा)– गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को अधिवेशनले पकाहा मैनपुर गाउँपालिका पर्साका अध्यक्ष विजयकुमार चौरसियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा शनिबार सम्पन्न भएको प्रदेश अधिवेशनले चौरसियाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । चौरसिया संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

उपाध्यक्षमा रुबी गुप्ता, सचिव अरुणकुमार साह, उपसचिव किरण देवी र कोषाध्यक्षमा उषाकुमारी मण्डल निर्वाचित हुनुभएको थियो ।

सदस्यहरुमा शिवकरण यादव, उषादेवी, कमरुन खातुन,सन्तोष कुमार, केदारनाथ यादव, उषादेवी थरुनी, पदमलाल श्रेष्ठ, शेख फारुक, चन्दनकुमार सिंह र रामप्रसाद राय यादव निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठले पद तथा गोपनियताको शपथ खुवाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *