समाचार

पूर्व मन्त्री पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा दायर, साढे अाठ अर्ब बिगाे दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपा प्रजातान्त्रिकका नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै पूर्व वनमन्त्री समेत रहेका पाण्डेसहित २१ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूमाथि सिक्टा आयोजनाको मूल नहर भत्किएको, मूल नहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको आरोप लगाएको छ ।

तीन आयोजना प्रमुख र दुई ठेकेदारसहित २१ जनाविरुद्ध दायर गरिएको मुद्दामा साढे ८ अर्ब बिगो दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *