समाचार

पत्रकारहरुलाई प्रतिपक्षी दल जस्तो नबन्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ मंसिर। अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुलाई प्रतिपक्षी दलजस्तो नबन्न आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अाज चौथो महासभा उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गरेका हुन् ।

सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएतापनि सधै प्रतिपक्षी दलजस्तो राम्रोलाई पनि नराम्रो लेख्ने परिपाटी ठीक नभएको उनले बताए ।

‘तपाईहरु पत्रकार हो, प्रतिपक्षी दल होइन । प्रतिपक्षी दलको भूमिका र पत्रकारको भूमिका फरक हुन्छ’ अर्थमन्त्री खतिवडाले भने, ‘म ढिलोढिलो राजनीति बुझ्दैछु ।

नराम्रो मात्रै देख्ने र व्यक्ति विशेषलाई ध्यान दिएर मिडिया चलाउनुको कुनै अर्थ नहरेको मन्त्री खतिवडाकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *