समाचार

नेपाली गाेरुकाे तस्करी बंगलादेशसम्म, तस्कर र स्थानीयबीच झडप

दाङ । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ ।

यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको छ । पछिल्लो समय दाङको देउखुरीमा अप्रत्याशित रुपले गोरुको कारोबार बढेको खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

गाउँबाट गोरु खरिद गर्ने, एक ठाउँमा जम्मा पार्ने र ट्रकमा लोड गरेर अन्यत्र लैजाने क्रम बढेको छ । खेत जोत्न खरिदबिक्री गर्ने कागज बनाएर मासुका लागि तेस्रो मुलुकमा गोरु पुर्याउने गरिएको छ । प्रहरी, प्रशासनसँगको सेटिङमा दाङ, बाँके, बर्दियाबाट बढी मात्रामा गोरु तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो । गोरु ओसारपसारमा संलग्न व्यक्तिले लमहीमा रहेका गोरु कारोबारका प्रमुखलाई विवादबारे जानकारी गराएका थिए । त्यसपछि ९ वटा मोटरसाइकलमा २७ जना युवा घटनास्थल पुगेका थिए । उनीहरु गाउँमा पुगेपछि स्थानीय युवासँग झडप भएको थियो । झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीका मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *