समाचार

काँग्रेसले गर्याे सरकारको कामको प्रशंसा

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद् भएको टिप्पणी गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद र सकारात्मक रहेको जनाएको हो ।

सामाजिक सुरक्षा कार्यक्रम आउनु  सुखद भएको पार्टीको निष्कर्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेसले सामाजिक सुरक्षा योजना सफल कार्यान्वयनका लागि सरकारलाई शुभकामना समेत दिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि आवश्यक ऐन आफ्नो पार्टी नेतृत्वको सरकारलेनै ल्याएको काँग्रेसको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *