अर्थ

सौजन्य साना किसान कृषि सहकारीकाे साधारणसभा सम्पन्न

अंगद यादव / नवलपरासी पश्चिम ।

नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका वडा नं.-८ मा रहेको सौजन्य साना किसान कृषि सहकारी संस्थाकाे तेस्रो वाषिर्क साधारणसभा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष राजेश सिंहकाे अध्यक्षता र प्रतापपुर गाउपालिकाकाे उपाध्यक्ष अन्जु चौधरीको प्रमुख अतिथ्यता तथा प्रतापपुर गाउपालिका वडा नं.-६ का वडाध्यक्ष रामहरि उपाध्याय, वडा नं.-८ का वडाध्यक्ष कादीर अलि, बडा नं.-९ का वडाध्यक्ष हेवेन्द्र पजियार र संगालो साना कृषि सहकारी संस्था नर्सहिको प्रबन्धक राजेश प्रसाद कोईरीको विशिष्ट अतिथ्यतामा शुभकामना दिदै कार्यक्रम सम्पन्न भएकाे हाे ।

साधारण सभामा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथि चौधरीले सौजन्य साना किसान कृषि सहकारी संस्थाले यस क्षेत्रका किसानहरुको कल्याण गरेको अनुभुति भएको बताएकी छिन । सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फत नै गर्नुपर्नेमा जोड दिनुभयो । 4

कार्यक्रममा ०७४/०७५सालको कुल आय ब्यय ९५ हजार १ सय ९० रुपयाँ प्रस्तुत गरिएको थियो ।

सो सहकारी संस्थाको कुल शेयर सदस्य ४५६ रहेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *