Uncategorized

खुल्ला क्रिकेट प्रतियाेगिताको उपाधि लुम्बिनीलाई

अंगद यादव / नवलपरासी पश्चिम । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ९ बेलाटारीमा खुल्ला क्रिकेट प्रतियाेगिता सम्पन्न भएको छ ।

प्रतापपुर गाउपालिकाको सहयोग र बेलाटारी क्रिकेट समितिको आयोजना गरिएकाे प्रतियोगिता सुरज कुमार शाहीकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका उपप्रमुख अन्जु चौधरीकाे प्रमुख आतिथिमा कार्यक्रम सम्पन्न भएकाे छ ।

खुल्ला क्रिकेट प्रतियोगितामा ३० वटा टिमहरू सहभागी भएका थिए । जस मध्ये लुम्बिनीका लुम्बिनी क्रिकेट क्लव र प्रतापपुर गाउपालिका वडा नं.-६ को गूठी प्रसौनी क्रिकेट क्लव बीचको फाइनल खेलमा गूठि प्रसौनीलाई सात विकेटले पराजित गर्दै लुम्बिनी क्रिकेट क्लब ले उपाधि हासिल गरेको समितिका अध्यक्ष सुरज कुमार शाहीले बताएका छन ।

खेल मनोरञ्जनको साथै शारीरिक, मानसिक र सामाजिक सदभाव बढाउछ, कार्यक्रमलाई सम्बाेधन गर्दै विशिष्ट अतिथि प्रतापपुर गाउँपालिका वडा नं.-९ का वडाध्यक्ष हेवेन्द्र पंजियारले आफ्नो शुभकामना मन्तव्यमा बताए ।

खेलकुद विकासका लागि गाउपालिका सदैव एक कदम अगाडि रही सहयोग गर्ने उपप्रमुख अन्जु चौधरीले बताइन् ।

कार्यक्रममा त्रिभुवन क्याम्पसका प्रमुख मुक्तिनाथ पाण्डे समाजसेवी सोभित हलुवाई आदित्य सिंह हरि प्रसाद राजभर लगायतकाले आफ्नो शुभकामना मन्तव्य दिनु भएको थियो ।

खुल्ला क्रिकेट प्रतियोगितामा प्रथम लुम्बिनीलाई पचास हजार नगद, कप मेडल र द्धितिय गूठि प्रसौनीलाई पच्चीस हजार नगद कप मेडल पुरस्कार प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *