प्रकाशको हर्कतका कारण रेखाले माओवादी छाडेको सनसनीपूर्ण खुलासा

अनलाइन दर्पण 2017-04-15
img

काठमाडौं । ‘लालुपाते नुह्यो भुइ‘तिर, कि लाऊ माया मैतिर…’ भन्ने चर्चित लोकगीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सग कम्मर मर्काइमर्काइ नाचेर चर्चामा आएकी अभिनेत्री रेखा थापाले माओवादी परित्याग गरेकी छिन् ।

आफ्नी आमास‘गै अभिनेत्री थापा राप्रपा प्रवेश गरेको समाचार बाहिर आएको छ । प्रचण्डस‘ग निकट रहेकी थापा अचानक राप्रपा प्रवेश गर्नुको कारण माओवादी पार्टी मन नपरेर भने होइन ।

प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका एक नेताले बताएका छन् । केटीको मामलामा एकदम कमजोर प्रकाश दाहालले निकै लामो समयदेखि थापालाई फोन गरेर ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्न थालेपछि थापा दिक्क मान्दै आएकी थिइन् । तर, पनि प्रकाशको बानी व्यहोरा नसुध्र्रिएपछि उनी माओवादी छाडेर राप्रपा प्रवेश गर्न बाध्य भएकी हुन् ।

चर्चित गायिकाका रुपमा चिनिएकी कोमल वली पनि राप्रपामा प्रवेश गरेर सक्रिय राजनीति जीवन बिताउन लागेकी छिन् । गत साता राप्रपा प्रवेश गरेकी उनले अन्य कलाकारहरुलाई समेत राप्रपामा प्रबेश गराउने जिम्मेवारी लिएकी छिन् । वली गायिकामात्र होइनन् पत्रकार पनि हुन् । रेडियो नेपालकी उनी स्थायी कर्मचारी हुन् । सरकारी कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता लिन र राजनीति गर्न प्रतिबन्ध छ । तर, वलीले सरकारी जागिरमै बसेर राजनीति सुरु गरेकी छिन् ।

यदि रेडियो नेपालको व्यवस्थापनले कानुनअनुसार कदम चालेमा वलीको जागिर गुम्न सक्छ । हुन त नेपालमा सयौं सरकारी कर्मचारीहरु राजनीतिमा सक्रिय छन् । धेरै जसो गोप्यरुपमा सदस्यता लिएर विभिन्न पार्टीलाई सहयोग गर्दै अँएका छन् । केही सरकारी कर्मचारी भने खुलेआम सरकारी तलब खाएर पार्टीको लागि काम गर्दछन् । तर, त्यस्ता कर्मचारीहरुमाथि कारबाही नहुँदा विकृति बढ्दै गएको छ । -दृष्टि साप्ताहिकबाट

सम्बन्धित समाचार

Advertisement