समाचार

नवलपरासीमा शसस्त्र प्रहरी द्वारा अण्डा नष्ट

अंगद यादव १७ कार्तिक

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका गूठी परसौनीका सशस्त्र प्रहरी द्वारा १३ हजार ९ सय ५० रुपया बराबरको अण्डा नष्ट गरिएको छ ।

गए राति सशस्त्र प्रहरी निरिक्षक माधव पण्डिकको नेतृत्वमा गएको गस्ती टोलीले प्रतापपुर गाउपालिका वार्ड न.६ गुठी परसौनीमा भारत बाट अबैध रूपमा ल्याऊदै गरेको अण्डा नियन्त्रणमा लिएको थियो ।

आज बिहान सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्ट टाईनका पशु स्वास्थ प्रविधिक गिरिराज पौडेल ,पत्रकार ,स्थानीय लगाएतका रोहबरमा नष्ट गरिएको बोर्डर आऊट पोष्ट गुठी परसौनीले जनाएको छ ।

साथै शसस्त्र प्रहरीले कार्तिक महिना भित्र भारत बाट अबैध रुपमा ल्याऊदै गरेको चिनी, चामल,लत्ताकपडा लगायतहरु करिब ६८ हजार ४ सय ४० रुपयाको सामग्रीहरु भन्सार कार्यलयमा दाखिला गराई सकेको शसस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *